Logo

महिलालाई किन थाहा हुँदैन हार्टअट्याक ? पुरुषकोभन्दा महिलाको मृत्यु हुने सम्भावना बढी

महिलालाई हृदयघातको लक्षण थाहा नपाउने गरेको एक अध्ययनले देखाएको छ । अध्ययनकाअनुसार ५५ वर्षभन्दा कम उमेरका महिलाले कहिलेकाही हृदयाघातको लक्षण थाहा पाउँदैनन् ।

यसैगरी, हृदयाघात भएर अस्पताल भर्नामा भएकामध्ये पुरुषकोभन्दा महिलाको मृत्यु हुने सम्भावना बढी भएको पनि देखिएको छ। हृदयाघात भएर अस्पताल भर्ना भएकामध्ये आधाभन्दा बढीले पहिले मुटुसम्बन्धी लक्षण महसुस नगरेको चिकित्सकहरु बताउँछन् ।

दि जर्नल सर्कुलेसन’ प्रकाशित उक्त अध्ययनमा लेखिएको छ, ‘हृदयाघातको लक्षणलाई अरु नै ठान्नाले पनि एउटै उमेरमा पुरुषभन्दा युवा महिलाको मृत्यु हुने खतरा बढी छ ।’
अध्ययनअनुसार अधिकांश महिला तथा पुरुषमा हृदयाघातको लक्षणका रुपमा छाति दुख्ने हुन्छ ।

तर महिलाहरुले कहिलेकाही छाति दुखेको महसुस नगर्ने हुन्छन् । सन् २००१ र २०१० का बीचमा गरिएको अध्ययनअनुसार अस्पतालमा हुने हृदयाघातका मृत्यु महिलामा ३.३ देखि २.३ प्रतिशत थियो भने पुरुषको मृत्यु २ देखि १.८ प्रतिशत देखिएको थियो । विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वमा हुने मृत्युमध्ये कोरोनरी हार्ट डिजिजजस्ता मुटु रोग प्रमुख कारण हुने गरेको छ।

यस्तै, अगष्ट २००८ देखि जनवरी २०१२ को बीचमा अमेरिकाका १ सय ३ अस्पतालमा गरिएको अध्ययनअनुसार भर्ना भएका १८ देखि ५५ वर्षका मानिसमध्ये महिलाको संख्या २००९ थियो भने पुरुषको संख्या ९७६ थियो ।

प्रतिक्रिया दिनुहोस्