Logo

म:म खाँदै हुनुहुन्छ ? साबधान ! यस्तो खतरा रोग लाग्न सक्छ !

अहिले नेपालीहरु जुन सुकै होटल रेष्टुरेन्ट वा कही कतै खाजाको अर्डर गरुन तिनिहरुको पहिलो रोजाई हुन्छ म:म। किनकी हिजोआज हरेक गाउँदेखि सहरका गल्लीमा सहजै उपलब्ध हुने गर्छ । उक्त मःम बनाउन मैदाको प्रयोग गरिन्छ । मैदाबाट बनेको मःम दैनिक खानु शरीरका लागि खतरनाक हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

मःम होस् वा अन्य मैदाबाट बनेको अन्य खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ ।

मःम वा मैदाबाट बनेका खानेकुरा खाँदा हुने नकारात्मक असरहरु धेरै छन् ।हामीले मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ । त्यसैगरि मैदाका खानेकुरा वा म:मले ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ ।

ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ । जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्