Logo

एक चिम्टी नुनले तपाईको भाग्य बदल्न सक्छ…भिडियो

नुन यस्तो पदार्थ हो जसको प्रयोगले खानेकुराको स्वाद मात्र बढाउँदैन कि तपाईको जीवनमा चलिरहेको विविध समस्या हटाउन पनि नाटकीय तवरले मद्दत गर्दछ । वास्तु शास्त्र अनुसार नुनको प्रयोगले असाध्यै मुश्किल समस्या पनि समाधान गर्न सकिन्छ ।

अहिले धेरै विश्वभरकै मानिसहरू व्यापार र जागिरको समस्याले पिरोलीरहेका छन् । जत्ति मेहनत गरे पनि मनले चाहेको सफलता प्राप्त गर्न गाह्रो भईरहेको छ भने नुनको चमत्कारी प्रयोग गरेर जीवन बदलौं ।

सिसाको कचौरा वा राम्रो शो पीसमा अलिकति ठुलो ढिके) नुन र पाँचदाना ल्वाङ् राख्नुहोस् त्यसमा राख्ने नुन सग्लो हुन जरूरी छ । नुन र ल्वाङ राखेको भाँडालाई सुविधा अनुसार घरको जुनसुकै ठाउँमा राख्न सक्नुहुनेछ । नुनको रङ्गमा परिवर्तन आउनेवित्तिकै फेरी नुन बदलेर राख्नुपर्दछ । यसबाट तपाईको घरमा धन, अन्न, सुख समृद्धिको कमी हुन्न ।

तपाईको घरमा खुसी छाउनेछ । यस उपाय गरेको केही दिनमै तपाईले फरकपनको अनुभव गर्नुहुनेछ । यसको प्रयोगले नकारात्मक उर्जा नष्ट हुन्छ र रोग लाग्नबाट पनि परिवारको सदस्यलाई जोगाउन सकिन्छ ।

पसल वा शोरूममा वास्तु दोषको कारण व्यापार ठप्प भईरहेको छ भने क्रिष्टल वा जुनसुकै भाँडामा नुन राखेर कुनै कुनामा राख्नुहोस् त्यसको नुन हप्ता दिनमा वदल्नुपर्छ । तपाईले परिवर्तनको अनुभव गर्नु सक्नुहुनेछ । यो थियो एक चिम्टी नुनले पनि तपाइ हाम्रो भाग्य कसरी बदल्न सक्छ भन्ने बारे जानकारी तपाइलाइ यो सामाग्री कस्तो लाग्यो प्रतिक्रिया दिनु होला।

प्रतिक्रिया दिनुहोस्