Logo

किन खस्छ आङ? जान्नुस यसका लक्षण

पाठेघर, पिसाब थैली, आदिजस्ता महिला अंग सामान्य अवस्थादेखि आफ्नो ठाउँहुदै योनीमा झर्नुलाई आङ झर्नु या आङ खस्नु भनिन्छ । चिकित्साशास्त्रको अनुसार आङ खस्नुको मुख्य कारण सानोपेट भित्र हुने मांसपेसी कमजोर भएर खुकुलो हुदै जानुले हो । आङ आखिर किन खस्छ यसका कारण जानिराखौं

१. सानो उमेरमा बिबाह गर्नु अनि बच्चा जन्माउनु ।

२. धेरै बच्चा जन्माउनु अनि जन्मान्तर कम हुनु ।

३. स्वास्थ सेवा उपलब्ध नहुदा।

४. लामो समयसम्म सुत्केरी व्यथा लाग्नु । सुत्केरी अवस्थामा प्रयाप्त पोसिलो आहार र स्याहार नपाउनु ।

५. पटुकी कस्सेर बाध्नु ।

६. खोकी बारम्बार लाग्नु , कब्जियत हुनु , सुत्केरीलाई आराम नपुग्नु , असुरक्षित गर्भपतन गर्नु आदि आङ खस्ने लक्षण हुन् । तर कहिले काहिँ आङ बंषाणुगत कारणले पनि खस्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्