Logo

ल थाहा पाउनुहोस्, काँचो केराका फाइदा

तपाइँ हामीलाई थाहा नहुन सक्छ काँचो केरा पाकेको केराभन्दा पनि फाइदाजनक हुन्छ । युनिभर्सिटी अफ कोलोराडो हेल्थ साइन्स सेन्टरले गरेको अनुसन्धान अनुसार यसमा प्रोटोपेक्टिन कम्पाउन्ड हुन्छ । यसको स्टार्चलाई डाइजेस्टिभ फाइबरमा परिवर्तन गर्ने गर्दछ । यसले पेट सफा राख्छ र तौल पनि कम गर्न मद्दत गर्छ ।

पाकेको केराको फाइदाबारे सबैलाई थाहा नै होला तर उत्तिकै मात्रमा काँचो केराको पनि फाइदा छ । केरामा रहेको स्टार्चले सुगर नियन्त्रणमा सहयोग गर्छ । जब काँचो केरा खानुहुन्छ तब यसको स्टार्च मुखभित्र महसुस गर्न सक्नुहुन्छ ।

यसमा पाकेको केरा जस्तै पोटाशियम, प्रोटिन र सोडियम पनि हुन्छ र एउटा केरामा ८१ क्यालोरी मात्र हुन्छ । काँचो केराले हृदयघातको सम्भावनालाई कम गर्छ भने ब्लड, सुगरलाई नियन्त्रण गर्छ ।

खराब कोलेस्ट्रोललाई हटाउन सहयोग गर्दछ । तौल कम गर्ने काँचो केराले शरिरमा पौष्टिक तत्व कम गर्न सहयोग गर्ने जानकारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्