Logo

पढ्नुहोस्, नरिवलको एक टुक्राको फाइदा

लण्डनबाट पीएचडी गरेकी भारत भोपालकी डा. गिताञ्जली शर्माले नरिवलको उपयोगिताबारे नयाँ तथ्य सार्वजनिक गरेकी छिन् । डाक्टर शर्माका अनुसार नरिवल भिटामिन, मिनरल्स, कार्बोहाइड्रेट र प्रोटिनको राम्रो स्रोत हो । गर्मीमा यसले शरिरलाई शितलता प्रदान गर्छ । काँचो नरिवलमा पानीको मात्रा पनि हुन्छ त्यसकारण शरिरलाई हाइड्रेट गर्दछ ।

यसले कपाल र छालालाई स्वस्थ बनाउने डा. शर्माको भनाइ छ । हिन्दु धर्मअनुसार नरिवलको प्रयोग सामान्यतया पूजा पाठमा हुने गर्ने गरिन्छ । तर नरिवलको एक टुक्राले शरिरलाई धेरै फाईदा गर्ने डा. शर्माले बताएकी छिन् । यसले शरिरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्नुका साथै स्मरण शक्ति बढाउँछ ।

नरिवलको तेल राम्रो सनस्क्रिन हो । घाममा निस्कनु अघि यसलाई छालामा लगाएर निस्कनुहोस् । डण्डिफोरबाट राहत पाउनका लागि घिरौंलाको रसमा नरिवलको पानी मिसाएर अनुहारमा लगाउनुहोस् ।कब्जियतको समस्या पनि नरिवलको सेवनले निको हुन्छ । नरिवलको एउटा ठूलो टुक्रा खाएर सुत्दा यस्तो समस्या समाधान हुने उनको भनाइ छ ।

यसो गर्दा बिहान पेट सफा हुने उनले जानकारी दिइन् । यसमा फाइबर पाइने भएकाले पेट सफा गर्दछ । गर्मीमा नाकबाट रगत आउने समस्या भएकाले औषधीको रुपमा नरिवल प्रयोग गर्न सकिन्छ । यसलाई मिश्रीसँग खाँदा नाकबाट रगत आउने समस्या समाधान हुन्छ ।

यदि कसैलाई बान्ता आइरहेको छ भने नरिवलको टुक्रा मुखमा राखेर केही बेरसम्म चपाउँदा रोकिन्छ । साथै, नरिवलमा गुड कोलेस्ट्रोल पाइन्छ जसले मुटुलाई स्वस्थ राख्न सहयोग गर्दछ । यो एक एन्टिबायोटिक हो, यसले हरेक प्रकारको एलर्जी हटाउन सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्