Logo

विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको श’व यात्रामा देखियो सबैलाई रुवाउने दृश्यहरु !

निमोनियाका कारण शुक्रबार नि’धन भएका विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको शनिबार पोखरामा श’व यात्रा गरिएको छ। खगेन्द्र थापा मगर अमर रहुन, नेपालको नाम विश्व सामु उचो पार्ने खगेन्द्रलाई हामी सधै सम्झने छौं लगा यतका नारा बोकेका सहभागी सहित पोखरामा श’व यात्रा गरिएको हो ।

मणिपाल शिक्षण अस्पताल देखि शुरु भएको श’व यात्रा पोखराको नदीपुर, पालिखेचोक, महेन्द्रपुल, चिप्ले ढुंगा, न्यूरोड, सभागृहचोक, पृथ्बीचोक, पोखरा रंग शाला गेट, बुद्धचोक हुँदै रामघाट स्थित बौद्ध अर्घौ सदनमा पुगेर समापन भएको छ ।

उनको अन्तिम दा’हसंस्कार बौद्ध अर्घौ सदनमा मगर समुदायको संस्कार अनुसार हुने खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीन बहादुर रानाले बताए ।

श’व यात्रामा प्रतिष्ठानका पदाधिकारी, खगेन्द्रका आफन्त तथा विभिन्न संघ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणको सहभागिता रहेको थियो। खगेन्द्रको शुक्रबार दिउँसो करिब ३ बजे निमोनियाका कारण पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा नि’धन भएको थियो ।

२८ वर्षीय खगेन्द्रको परिवारमा आमा धनमाया थापा, बाबु रुप बहादुर थापा र भाई महेश थापा मगर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्