Logo

होसियार ! मःम खाँदा उच्च रक्तचाप बढ्छ – सेयर गरौ

अधिकांश नेपालीहरूको मनपर्ने खाजा मःम बनिसकेको छ । दैनिक जसो खाजाको रुपमा मःम नै बढी खान रुचाउने गर्छन् । मीठो भएकोले पनि सबैको पहिलो रोजाई नै मःम बनेको छ । होटल, रेष्टुरेन्टहरूमा मस्म खानेहरूको भीड नै देखिन्छ ।

बनाउन पनि सजिलो हुने हुँदा घरमा पनि मानिसहरूले मःम बनाएर खान सुरु गरिसकेका छन् । दैनिक रूपमा वा निरन्तर मःम धेरै खानु स्वास्थ्यको लागि हानिकारक हुन्छ । मःम बनाउनका लागि प्रयोग गरिने मैदाको गहुँको परिस्कृत आँटा हो ।

मैदालाई सेतो तथा चमकदार बनाउनका लागि बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ र यसमा फाइबर पनि हुँदैन । मैदाबाट बनेको मःम दैनिकजसो खाने गरेमा यो पेटको आन्द्रामा टाँसिने हुँदा यसले शरीरमा विभिन्न असर गराउन थाल्छ ।

मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ र सुगर बढ्दा रगतमा ग्लुकोज जम्मा हुन्छ । यसले शरीरमा केमिकल रियाक्सन गरि रगतको प्रवाहमा अवरोघ पु¥याई उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्न सक्छ । नियमित रूपमा मैदाबाट बनेको मःम वा अन्य खानेकुरा खाने मान्छेमा रोग प्रतिरोधात्मक क्षमता कम्जोर हुने हुँदा मानिसहरू छिट्टै रोगको सिकार हुन पुग्छन् ।

मैदा बनाउने क्रममा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ जसले दाँत तथा हड्डीहरूलाई पनि कमजोर पार्न थाल्छ ।
मःमको अत्याधिक सेवनले पाचन प्रक्रियामा गडबड गराएर अपच र कब्जियत तथा पेटसम्बन्धी रोगहरू निम्त्याउनुका साथै टाउको दुख्ने, छिट्टै थाक्नेलगायतका समस्या गराउँछ ।

प्रतिक्रिया दिनुहोस्