Logo

मुटु र फोक्सोको समस्याबाट बच्न खानुहोस् हरियो खुर्सानी ! यस्तो छ फाइदा

हाम्रो करेसाबारीमा सजिलै पाइने खुर्सानी निकै फाइदाजनक छ । खाँदा पिरो हुने हुँदा कमैले खुर्सानी खान्छन् । तर यसको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । हाम्रो शरिरका देखा पर्ने बिभिन्न समस्याहरु समाधान गर्न खुर्सानीले धेरै सहयोग गर्छ । हरीयो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ ।

यसको सेबनले फोक्सोको क्यान्सरबाट बचाउछ । खुर्सानीले आँखा र छालाको लागि पनि फाइदा गर्छ । यसमा एन्टिअक्सिडेन्ट हुने भएकाले सेबन गर्नाले कोषिकाहरूलाई स्वस्थ राख्न मद्दत गर्छ ।

यसको सेबनले पाँचन प्रणालीलाई पनि राम्रो बनाउछ । खुर्सानीको सेबन गर्ने गरेमा रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गराउँछ । खुर्सानीको सेवनले अनुहारमा पिम्पल्स आउन दिदैन । यसको सेबनले थकाइ मेटाउछ । यसको सेबन मुटुमम्बन्धी रोग र पिनासका लागी राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्