Logo

हेर्नुहाेस दर्दनाक दुःख : सजिलो छैन कोरोना भाइरलको उपचार गर्न, सेयर गरौ

नोवेल कोरोनाभाइरले विश्वभर आतंक मच्चाएको छ । विशेषगरी चीनमा यो भाइरसले महामारीको रुपमा लिएको छ । पछिल्लो विवरणअनुसार कोरोनाभाइरले चीनमा एक सय ७० जनाको ज्यान लिइसकेको छ भने करिब सात हजार संक्रमित भएका छन् ।

शंकाकोभरमा हजारौं संख्या मानिसहरु अस्पताल पुग्ने गरेपछि चीनमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले भ्याइनभ्याइ छ । उनीहरुले आराम गर्न त परैजाओस् खानसमेत भ्याएका छैनन् । रातारात अस्पताल निर्माण गरेर संक्रमितको उपचार र परिक्षणका लागि अस्पातल आएकाहरुको स्वास्थ्य परिक्षण गरेका चीनमा रहेका स्वास्थ्यकर्मीको मर्मस्पर्शी तस्बिर सार्वजनिक भएको छ । पिपुल्स डेलीको ट्वीटर ह्यान्डलमा पोष्ट गरिएका ती तस्बिरले उपचारमा खटिएका स्वास्थ्यकर्मीको हालत प्रस्ट्याउँछ ।

प्रतिक्रिया दिनुहोस्