Logo

सुखद खबर : शंकास्पद तीन जनामा भेटिएन कोरोना संक्रमण !

कोरोना भाइरस (कोभिड १९) को शंका गरिएका तीन जनामा भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत उनीहरुको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरस नभएको पाइएको हो। अस्पतालमा उपचाररत उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

चीनबाट फर्किएका दुई नेपाली र एक चिनियाँ नागरिकलाई कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना गरिएको थियो। कोरोनासँग लक्षण मिल्दोजुल्दो भएकाले अस्पताल भर्ना गरिएको थियो। तर, परीक्षणका क्रममा उनीहरुमा भाइरस फेला नपरेको अस्पतालमा कार्यरत डा अनुप बाँस्तोलाले जानकारी दिए।

एक हप्ता अगाडि चीनबाट फर्किएका एक अरेबियन नागरिक भने अस्पतालबाटै भागेका छन्। अस्पतालले भर्ना गर्न भने पनि उनी भागेका हुन्। उनलाई खोज्ने क्रम जारी रहेको र अन्य अस्पतालहरुलाई जानकारी गराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्