Logo

निम्न उपाय गरे राशि अनुसार: हट्छ शनिको साढे सात दशा ! जानी राखौ

मेष राशि :मेष राशिमा शनिको साढे सातको समस्या देखा परेमा अरुको भरमा पर्ने काममा पनि आफै अग्रसर हुन आवश्यक छ । यस बेलामा कामको तनाव र चिन्ता बढि हुने भएकाले कुनै पनि निर्णय लिन हतार गर्नु हुँदैन । कुनै कारोबार वा महंगो वस्तु लिनुपूर्व निकै सोचविचार गर्नुपर्दछ ।

वृष राशि:वृष राशिको व्ययवृद्धिको नियन्त्रण अरुमा निर्भर हुन्छ । तसर्थ कुनै कुराको थालनी पूर्व आफन्त वा विश्वासी नाताका मानिससंग सल्लाह लिनु आवश्यक हुन्छ । जोखिमयुक्त कामको थालनी गर्दा भावनामा रहेर गर्नु हुँदैन अन्यथा यसको नकारात्मक असर देखापर्न सक्छ ।

मिथुन राशि :मिथुन राशिका व्यक्तिमा साढे सातको समस्या भए तन्त्रमन्त्रमा रुचि बढ्ने गर्दछ । धार्मिक स्थल वा तिर्थको योग हुनसक्छ । त्यसैले धर्म प्रति नकारात्मक हुँनुहुँदैन । आर्थिक विषयमा विचार विमर्श गर्नु लाभकारी हुन्छ । सेवा वा दानको काम गरेर पनि शनिको साढे सातबाट मुक्ति पाइन्छ ।

कर्कट राशि :कर्कट राशिका व्यक्तिमा शनिको प्रभाव भएमा धर्मस्थलको यात्रा दर्शनको सुयोग बन्दछ । यसरी यात्रा जुरेमा त्यसलाई निन्दा गर्नु हुँदैन । साथै प्रभावशाली व्यक्तिको सहयोगमा मार्गदर्शन लिएमा मात्र शनिको प्रभाव कम हुने र धन प्राप्तिको योग बन्ने हुन्छ ।

सिंह राशि :सिंह राशिका व्यक्तिमा शनिको प्रभावले स्वास्थ्यमा समस्या देखापर्न सक्छ । काम गर्दा बिग्रने हुनसक्छ । तर यस्तो बेलमा सुझबुझका साथ हतार र लापरबाही नगरी निर्णय लिनु पर्दछ । कुनै पनि वाहनको प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ ।

कन्या राशि :कन्या राशिका व्यक्तिमा शनिको व्यक्ति सातको प्रभाव भएमा यसले कतिपय अवस्थामा लाभ गराउन सक्छ । ठूला समस्याको समाधान समेत हुनसक्छ । विवाहका लागि प्रस्ताव आउन सक्छ । तर कन्या राशिको चञ्चलताका कारणले राम्रो योग गुमेर पनि समस्या बल्झिन सक्छ ।

तुला राशि :तुला राशिका व्यक्तिमा शनिको प्रभाव देखा परेमा यसले बनेका काम बिर्गाने तथा प्राप्त धन समेत हातबाट फुत्कने हुनसक्छ । कुनै काम गर्दा अनायासै बाधा हुने र अवसर गुम्न सक्छ । तर कतिपय अवस्थामा मित्र र नाताका व्यक्तिको साथले धनवृद्धि र अवसर प्राप्ती समेत हुनसक्छ ।

वृश्चिक राशि :वृश्चिक राशिका व्यक्तिमा शनिको व्यक्ति सातको प्रभाव देखा परेमा मांगलिक कार्यको आयोजन हुनसक्छ । मानसिकतामा रचनात्मक तथा बौद्धिक कार्य गर्ने विचार आए पनि यसमा अपजस तथा अवरोध खेप्नुपर्छ । तर विस्तारै यो समस्या आफै हटेर जानेछ ।

धनु राशि :धनु राशिलाई शनिको व्यक्ति सातको प्रभावले खराब समाचार सुनाउन सक्छ । मेहनत अनुसारको फल पाउन सकिदैन । अरुले शंका गर्ने गर्दछन् । नसोचेको स्थानबाट पनि विवाद झेल्नु पर्ने हुनसक्छ । धनहानि हुन्छ । तर नियमित शनिदेवको आरधना गरे तुरुन्तै मुक्ति पाउन सकिन्छ ।

मकर राशि :व्यक्ति सातको प्रभावमा मकर राशिका व्यक्तिलाई केहि फाइदा हुनसक्छ । नाताका व्यक्तिबाट राम्रो सहयोग पाउन सकिन्छ । तर कुनै पनि ठुलो निर्णय लिनु पूर्व जोखिम अनुसार जानकार व्यक्तिबाट सहयोग वा सुझाव लिनु पर्दछ । अन्यथा राम्रो अवसर पनि गुमेर जानसक्छ ।

कुम्भ राशि :कुम्भ राशिका व्यक्तिमा शनिको सातको प्रभावले राम्रा व्यक्तिसँग भेट र सम्बन्ध बनाउने योग हुन्छ । यसले राम्रो आम्दानी हुने तथा मनोरञ्जनात्मक काममा साथ दिएमा पनि सफलता पाउने बेलामा भने खुट्टा तान्नेहरु सक्रिय बनाउने गर्दछ । तसर्थ शनिलाई प्रसन्न गराउनु आवश्यक हुन्छ ।

मीन राशि :मीन राशिका व्यक्तिमा शनिको सातको प्रभावले अप्रत्याशित लाभको अवसर जुराउँछ । तर लगातारको कामबाट हुने आर्थिक उन्नतिमा भने बाधा हुनसक्छ । भाग्य अनुकूलता नभएमा जस्तो मेहनत गरेमा पनि बनेको काम गुम्न सक्छ । तर मेहनत छाड्नु भने हुँदैन, पछि यसले लाभ दिन्छ ।

प्रतिक्रिया दिनुहोस्