Logo

बल्ल कोरना भाइरसको औषधि चीनले नै पत्ता लगायो ! सेयर गरौ

चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा निमोनियाको प्रकोप देखिएको थियो । पछी उक्त प्रकोपलाई नोवेल कोरोना भाइरसको श्रेय दिईयो, जुन अहिले चीनसहित विभिन्न देशहरूमा फैलिएको छ ।

यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो। तर नयाँ भाइरस मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ चीनमा । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ। अनुमान गरिए अनुसार जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि यही जनावर भनेर पत्ता लागिसकेको छैन। अरु भाइरसमा यही जनावरबाट सर्छ भनेर भन्ने गरेका छौँ तर यो नयाँ भएकाले भन्न सकिन्न।

कोरोना भाइरसको सं’क्र’मण हुँदा उच्च ज्वरो आउने, टाउको दु’ख्ने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन्। यसको लक्षण फ्लूसँग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क हुनु पर्छ।

यो सर्छ भनेर आधिकारीक रुपमा भनिएको छ। तर कति छिटो सर्छ वा कस्तो व्यक्तिलाई चाँडो सर्छ भन्ने थाहा भइसकेको छैन। यो कुन भाइरस हो? कसरी सर्छ? यसले मानिसहरुमा कस्तो असर पार्छ? यसको ‘ओरिजिन’ के हो? रोगको प्रकृति कस्तो हुन्छ? भन्ने सबै कुराहरु पत्ता नलागेका कारण अन्दाजकै भरमा भनिएका छन्। नाम दिइसके पनि यो ‘मिस्टेरीयस्’ रोग हो।

चीनले औ’सधि पत्ता लागाएको दावी !

कोरोना भाइरस (कोविड-१९) विरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता मिलेकोे दाबी गरेको छ। कोरोनाका कारण विश्व नै प्रताडित बनेका बेला यस्तो खबर सार्वजनिक भएको हो।

यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो, जसले केही वर्ष अघि एसएआरएस (सार्स) र इबोला जस्ता ख’तर’नाक भाइरसविरुद्धको खोप बनाएर विश्वलाई खतरामुक्त बनाएको थियो।

चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो। वुहान त्यही सहर हाे, जहाँबाट काेराेनाकाे उत्पति भएकाे मानिन्छ।

चाइना सेन्ट्रल टेलिभिजनका अनुसार शेनको टीमले कोरोनाविरुद्धको खोप बनाउन सफलता प्राप्त गरेको हो। उक्त टीमले रातदिन लगाएर खोपको ‘क्लिनकल एप्लीकेशन’ तयार गरेको जनाइएको छ।

चीनको मिलिट्री मेडिकल साइन्स एकेडेमीलाई ख’तरनाक भाइरसविरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता मिलेको उदाहरण छ। यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन्। चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आ’तंक अन्त्य हुनेछ।

प्रतिक्रिया दिनुहोस्