Logo

यीनै जोडी हुन श्रीमतीको जन्मदिनमा ब्लड क्यान्सर पिडितलाई सहयोग गर्ने

देशका विभिन्न स्थानमा आफ्नो जन्मउत्सव बनाउने पछिल्लो समयमा निकै लहर झै बनेको छ । त्यसैमा जन्मदिनमा ठुलो ठुलो होटेल लजहरुमा गएर केक काटेर वियर र हुस्कीसंगै आफ्नो जन्म दिन बनाउने परम्परा नै चलिरहेको छ । कुनै कुनै ठाउमा कुनै व्यक्तिले मात्रै सामाजिक कामका लागि आफ्नो जन्मदिनको खर्च प्रयोग गरिरहका छन् । त्यसैका एउटा पात्र हुन सुन्दरहरैचा, ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकिले आफ्नो श्रीमतीको जन्मोत्सवको अवसर पारी ब्लड क्यान्सर पिडित एक युवालाई आर्थीक सहयोग गरेका छन ।

प्रहरी निरिक्षक बुढाथोकिले आफ्नो श्रीमती रोशीका बुढाथोकी ( दाहाल ) को जन्मोत्सवको अवसर पारी मकालु टेलिभिजनमा कार्यरत पत्रकार कमल पौडेलको स्वास्थ्य लाभको कामना गर्दै बिहिबार आर्थीक सहयोग गरेका हुन ।

उतरी मोरङमा रहेर सञ्चार क्षेत्रमा रहेका उतरी मोरङका विभिन्न स्थानिय तहहरु बेलबारी, सुन्दरहरैचा, केराबारी र लेटाङबाट कमल पौडेल बचाउ अभियान लिएर आर्थिक संकलन गरिरहेका सञ्चारकर्मीहरुलाई बिहिबार बुढाथोकिले रु ६ हजार ५ रुपैया सहयोग गरेको आर्थिक संकलन समितिका सदस्य राज पोखरेलले बताए ।

प्रहरी निरिक्षक बुढाथोकिले उक्त रकम समितिका सदस्य पोखरेललाई बिहिबार हस्तान्तरण गरेका हुन । उतरी मोरङका विभिन्न स्थानिय तहमा रहेर सञ्चार क्षेत्रमा कृयाशिल रहेका सञ्चारकर्मीहरुले सयुक्त रुपमा पौडेलको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न संघ सस्था र व्यक्ती सग रकम संकलन गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्