Logo

तपाई कुन राशि ? धनु, वृष र तुला राशि हुनेले नछुटाइ पढ्नुहोस्। जानी राखौ

राशिअनुसार मानिसको स्वभाव पनि फरक हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मूल्याङ्कन र भविश्य निर्धारण हुन्छ । राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा ।तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ ।

वृष राशि वृष राशि हुने व्यक्तिका लागि वृष, कन्या या मकर राशिका साथी श्रेष्ठ हुन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदि कुनै व्यक्तिको राशि वृष हो र उ कर्कट, वृश्चिक या मीन राशिका साथी रोज्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जो मानिसको राशि वृष हो उनको लागि मेष, सिंह, या धनु राशिका व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । वृष राशिका लागि मिथुन, तुला या कुम्भ राशि हुनेहरूका साथ जोडी राम्रो मानिदैन ।

धनु राशि धनु राशि हुने व्यक्तिका लागि मेष, सिंह या धनु राशि भएका व्यक्तिसँगको सम्बन्ध उत्तम मानिन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशि धनु हो र उ मिथुन, तुला या कुम्भ राशिका साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशि धनु हो उसको लागि वृष, कन्या या मकर राशिको व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना रहनेछ । धनु राशिका लागि कर्कट, वृश्चिक या मीन राशि हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैन ।

तुला राशि तुला राशिका मानिसका लागि मिथुन तुला या कुम्भ राशिका साथी सबैभन्दा उत्तम मानिन्छन् । यिनीहरूको प्रेम सम्बन्ध उत्तम हुन्छ । यदी कुनै व्यक्तिका राशि तुला हो र उ मेष, सिंह या धनु राशिका साथी छनौट गर्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशि तुला हो उनको लागि कर्कट, वृश्चिक या मीन राशिका व्यक्तिसँग प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । तुला राशिका लागि वृष, कन्या या मकर राशिका साथ जोडी बन्नु बनाउनु त्यति राम्रो हुँदैन ।

प्रतिक्रिया दिनुहोस्