Logo

कर्कट राशिमा शुक्र ग्रह प्रवेश ,कुन राशि मालामाल हुने, कुन राशि ब र्बाद हुने हेर्नुहोस ! जानी राखौ

ज्योतिष शास्त्रका अनुसार ९ जूनबाट शुक्र ग्रह कर्कट राशिमा गोचर हुँदै छ। यसका कारण विभिन्न राशिहरुमा धेरै असर पर्ने गर्छन्। शुक्र गृहलाई भौतिक सुविधाहरु को दाता भन्ने गरिन्छ भने यस राशि परिवर्तनले भौतिक शुखमा धेरै असर देखाउने हुन्छ। साथै प्रेम सम्बन्ध साथै पारिवारिक सम्बन्धमा पनि असर देखाउने हुन्छ। यस राशि परिवर्तनले सबै भन्दा असर मिथुन र कर्कट राशिलाई हुने भएता पनि कुन(कुन कस्तो असर फल दिन्छ तरु हेर्नुहोस्

मेष राशि=शुक्रको राशी गोचर सँगै तपाईको राशिको चौथो भावमा शुक्र रहने हुँदा तपाईको पारिवारिक जीवनमा सिधा असर पर्ने देखिन्छ। तपाईको परिवारको लागि खर्च बढेर जाने देखिन्छ भने निजी र व्यवसायिक जीवनमा सन्तुलन राख्नु भएमा मात्रै लाभ मिल्न सक्ला। साझेदारीले राम्रै लाभ दिलाउन सक्ला। साथै कुनै ठुलै योजना हात लाग्न सक्ला।

वृष राशि=शुक्रको राशी गोचरसँगै तपाईको राशिको तेश्रो भावमा शुक्र रहने हुँदा तपाईको प्रेम जीवनमा असर देखाउने छ। तपाईको प्रेम सम्बन्धले नयाँ रुप लिन सक्ला भने मित्रजनसंगको सामिप्यता समेत बढेर जान सक्ला। प्रेम विवाहमा समेत परिणत हुने अवस्था आउन सकल। आर्थिक मामलामा पनि यस राशि परिवर्तन तपाईको लागि लाभ दायकनै रहन सक्ला।

मिथुन राशि=शुक्रको राशी गोचर सँगै तपाईको राशिको दोश्रो भावमा रहने छ। तपाईको पारिवारिक जीवनमा धेरै उत्तार(चडाब हटेर जाने देखिन्छ भने भएको सम्पूर्ण पारिवारिक दुखको हल निस्किने देखिन्छ। अचल सम्पत्तिबाट लाभको संभावना पनि छ। यदि तपाईको परिवारमा कोहि बिरामी रहेको छ भने पनि स्वास्थ्यमा सुधार आउने देखिन्छ।

कर्कट राशी=शुक्र ग्रह तपाईको राशिमा गोचर हुने भएका कारण यस पाली तपाईलाई धेरै लाभ मिल्ने देखिन्छ। तपाईको परिवार साथै तपाईलाई सम्पूर्ण तवरबाट शुक्र ग्रहले सहयोगनै पुर्याउने देखिन्छ। यस परिवर्तनले तपाईको भौतिक सुखमा वृद्धि गराउने देखिन्छ भने जागिरमा पनि पदोन्नतिको योग बन्ने देखिन्छ। यात्रा गर्दा पनि तपाईलाई आर्थिक लाभ मिल्न सक्ला

सिंह राशि=शुक्र राशि यस परिवर्तन सँगै १२ औं भावमा रहने छ। यस कारण तपाईको आर्थिक कार्य खासै राम्रो नहुने देखिन्छ। तपाईको बन्न लागेको कार्य पनि बिग्रन सक्ला। धेरै खर्च समेत हुने देखिन्छ। बिनाकारण यात्रामा खर्च बढ्न सक्ला। आफ्नो स्वास्थ्यको हेरचाह पनि गर्नु होला। आर्थिक घाटाका कारण तनाव बढ्न सक्ला।

कन्य राशि=शुक्र राशि यस परिवर्तन सँगै ११ औं भावमा रहने छ। यस कारण तपाईको सामाजिक सम्बन्ध सुध्रने देखिन्छ। साथै सामाजिक मान(सम्मान पनि प्राप्त हुने देखिन्छ। आर्थिक रुपमा पनि तपाईको लाभदायक समय आउने देखिन्छ। आफ्नो लक्ष्य प्राप्त गर्ने कार्यम केहि मात्र प्रयत्न गर्नु भएमा पनि तपाईलाई सफलता मिल्न सक्ला। भाग्यले साथ दिन सक्ला।

तुला राशी=शुक्र राशि यस परिवर्तन सँगै १० औं भावमा रहने छ। यस कारण तपाईले षडयंत्रको सिकार हुनु पर्ने देखिन्छ। तपाईको हरेक कार्य बिगर्नको लागि तपाईको शत्रु सफल हुने देखिन्छ। तपाईले आफ्नो यस समयमा भेदभावको समेत शिकार हुनु पर्न सक्ला। कसैले पनि सहयोग नगर्न तपाईमा निराशा छाउन सक्ला। व्यवसायमा विशेष ध्यान दिनु होला।

वृश्चिक राशि=शुक्र राशि यस परिवर्तन सँगै ९ औं भावमा रहने छ। यस कारण तपाईको जीवनमा मिश्रित असर मिल्ने देखिन्छ। तपाईलाई लाभ साथै नोक्सान बारबार रुपमा मिल्न सक्ला। सामाजिक रुपमा तपाईको सम्बन्ध सुध्रने भएता पनि पारिवारिक रुपमा भने सम्बन्ध बिग्रन सक्ला। तर आर्थिक मामला भने तपाई धेरैनै संयम रहनु पर्ने देखिन्छ।

धनु राशि=शुक्र राशि यस परिवर्तन सँगै ८ औं भावमा रहने छ। यस कारण तपाईको स्वास्थ्यमा धेरै असर देखा पर्ने देखिन्छ। तपाईलाई विशेषतः तपाइलाई यौन समस्याले सताउने देखिन्छ। साथै चोट समेत लाग्ने सम्भावना भएका कारण सवारी देखि सावधान रहनु होला। कसैसँग पनि सम्बन्ध नबिग्रियोस् भन्नको लागि बोलीमा नियन्त्रण राख्नु होला।

मकर राशि=शुक्र राशि यस परिवर्तन सँगै ७ औं भावमा रहने छ। यस कारण तपाईको हरेक क्षेत्र सफल हुने देखिन्छ। तपाईको परिवारमा प्रेम बढेर जान सक्ला भने व्यवसायमा समेत परिवारबाट भने जस्ती सहयोग मिल्न सक्ला। जागिरको शिलशिलामा यात्रा समेत हुन सक्ला। आर्थिक मामलामा नभई तपाईलाई कानुनी रुपमा पनि सफलता मिल्न सक्ला।

कुम्भ राशि=शुक्र राशि यस परिवर्तन सँगै छैठौं भावमा रहने छ। यस कारण तपाईले सानो कार्य सम्पन्न गर्नको लागि पनि धेरै मिहिनेत गर्नु पर्ने देखिन्छ।, तपाईको बिना कारण मान(हानी समेत हुने देखिन्छ। बोलि र व्यवहारका कारण तपाईले लज्जित हुनुपर्ने अवस्था आउन सक्ला। खर्चमा वृद्धि हुन सक्ला भने प्रेम सम्बन्धमा केहि गार्हो अवस्था शिर्जना हुने देखिन्छ।

मीन राशि–शुक्र राशि यस परिवर्तन सँगै पाचौं भावमा रहने छ। यस कारण तपाईलाई केहि नयाँ कुरा सिक्ने अवसर मिल्ने देखिन्छ भने नयाँ सम्बन्ध पनि स्थापित हुन सक्ला। राजनीतिक रुपमा समेत समय राम्रै रहन सक्ला। तपाईको प्रेम सम्बन्धले यस समयमा धेरै असर देखाउने समय रहेको छ। साझेदारीमा समेत तपाईले सोच्नु भएको जस्तै लाभ मिल्न सक्ला

प्रतिक्रिया दिनुहोस्