Logo

हृदय घा त हुनबाट बच्नका लागि ब्रोकाउली कसरी सेवन गर्ने ? जानी राखौ

प्राय हामीले ब्रोकाउलीको तरकारी खाने गर्दछौं । ब्रोकाउलीको तरकारी खाँदा जति मिठो हुन्छ त्यतिकै स्वस्थ्यकर पनि मानिन्छ । स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धान प्रतिवेदन अनुसार ब्रोकाउली तरकारीको रुपमा मात्र होइन औषधिको रुपमा पनि उपयोग गर्न सकिने देखिएको छ । स्वास्थ्य अनुसन्धान परिषदको प्रतिवेदन अनुसार ब्रोकाउलीको तरकारी नियमित खानसके मुटुसँग सम्बन्धित रोग न्यूनीकरण हुने, क्यान्सर हुने ख त रा कम हुने, मानिसलाई डिप्रेसनको ख त रा बाट जोगाउने लगायतका तथ्य प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।

ब्रोकाउली लोकप्रिय तरकारी मध्येको एक हो ब्रोकाउली । यो धेरै गुणहरुले भरिएको हुन्छ । यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु अत्याधिक मात्रामा पाइन्छ । यसमा नुनिलो पदार्थ पनि पाइन्छ । जसले शरीरमा भएको ग्लुकोजको मात्रालाई सन्तुलित बनाई राख्नमा सहयोग गर्छ । ब्रोकाउलीलाई तपाई विभिन्न तरिकाले खानामा समावेश गर्न सक्नु हुन्छ । जस्तै सलाद, ब्रोकाउलीको सूप अथवा तरकारी बनाएर पनि खान सकिन्छ । साथै यसलाई हल्का वाफमा उसिनेर खान सकिन्छ ।

डिप्रेसन बाट जोगाउँछः ब्रोकाउलीको सेवनले डिप्रेसनको ख त रा बाट जोगाउँछ । ब्रोकाउलीमा शरिलाई आवश्यक ‘फोलेट’ कम मात्रामा सेवन गर्नाले डि प्रे श नको ख त रा बढ्ने हुन्छ । ब्रोकाउलीमा ‘फोलेट’ भन्ने तत्व भरपूर मात्रामा पाईन्छ । साथैँ यो मानसिक स्वास्थ्यका लागि लाभदायी छ । ग र्भा व स्था मा अति उत्तमः गर्भावस्थामा ब्रोकाउली खानु धेरै फाइदाजनक हुन्छ ।

गर्भवती महिलाहरुले नियमित रूपमा ब्रोकाउली खानु पर्छ । यसमा पाईने तत्वले बच्चाको स्वास्थ्य र विकासको लागि फाइदा जनक हुन्छ । साथै यसले आमालाई पनि विभिन्न रोगको स क्र म ण बा ट टाढा राख्छ ।हृ दय घा त हुनबाट जोगाउँछः मुटुसँग सम्बन्धित रोगबाट बचाउन ब्रोकाउलीमा ‘क्यारेटेनोइड्स ल्यूटिन’ पाईन्छ । यसले मुटुको धमनिहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसको सेवनले हृ द य घा त हुनबाट जोगाउँछ ।

ब्रोकाउलीले शरिरको ‘पोटाशियम कोलेस्ट्रोल’को स्तरलाई बढ्नबाट रोक्छ । क्यान्सर हुने खतरालाई कम गर्छः ब्रोकाउलीको सेवनले क्यान्सर हुने खतरालाई कम गर्छ । ब्रोकाउलीमा ‘फिटाकेमिकल’ अत्यधिक मात्रामा पाइन्छ । यसमा पाइने तत्वहरुले शरीरबाट वि षा क्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्