Logo

विद्यार्थीलाई हात चि,र्न लगाउने शिक्षिका प्रकाउ !

कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई बानेशवर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो ।

राम्रो नम्बर नल्याएको भन्दै सामाजिक विषयकी शिक्षिका कर्माचार्यले बिहीबार कक्षा ६ र ७ का ३४ विद्यार्थीलाई बेञ्चमा उभ्याएर सिसाकल चिखार्ने ब्लेडले हात चिर्न लगाएकी थिइन् । घटना बाहिर आएपछि विद्यालयले शिक्षिका कर्मचार्यलाई अवकास दिएको छ ।

प्रहरीकाअनुसार अहिलेसम्म उजुरी परेको छैन । तर शनिबार विद्यालयका पि्रन्सिपलकाम साथै केही अभिभावकलाई बोलाएर छलफल गरिएको छ । छलफलका क्रममा शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्