Logo

वीर अस्पतालकै फार्मेसीले मास्क लुकायो : ४ वटा फर्मलाई ४ लाख ३० हजार जरिबाना ! सेयर गरौ

वीर अस्पतालमा रहेको आयूष फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा फार्मेसीले मास्क लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेकाे पाइएपछि फार्मेसीलाई २ लाख रुपैयाँ जरिबाना गरेकाे छ ।

यस्तै विभागले क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई पनि २ लाख रुपैयाँ जरिबाना गरेको छ । यस्तै क्षेत्रपाटीमा रहेको एस जे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ र आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिबाना गरेको छ ।

सामान किनबेच गरेबापतको बिल नभएकोले उनीहरुलाई कारबाही गरिएको विभागले जनाएको छ । कोरोना भाइरसको रोकथामको लागि नागरिकले मास्कको प्रयोग गर्न थालेसँगै बजारमा कृत्रिम अभाव सुरु भएको र विभागले अनुगमन कडा बनाएको महानिर्देशक नेत्रप्रसाद सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँले मेडिकल पसलहरुमा शुक्रबारदेखि अनुगमनमा थप कडाइ गरिने पनि जानकारी दिनुभयो । विभागले पछिल्लो ४ दिनमा मेडिकल सप्लायर्समा अनुगमगन गरी ६ लाख ५० हजार जरिबाना तिराएको छ ।

प्रतिक्रिया दिनुहोस्