Logo

मास्कमा कालोबजारी गर्ने दुई मेडिकललाई २/२ लाख जरिवाना ! सेयर गरौ

सरकारले मास्कमा कालोबजारी गर्ने दुई मेडिकल हललाई दुई-दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टलाई २/२ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

यसैगरी क्षेत्रपाटीकै एसजे सर्जिकललाई खरिद विल देखाउन नसकेपछि २० हजार जरिवाना गरिएको छ । त्यस्तै महाबौद्धको आरएफ फार्मेसीलाई पनि १० हजार जरिवाना तिराइएको छ ।

सरकारले गत मंगलबारबाट मेडिकलहरुमा मास्कको अवस्थाबारे अनुमगन थालेको छ । बजारमा कोरोना भाइरसको त्रास बढेपछि मास्क लुकाएर मंहगोमा बेच्नेहरु विरुद्ध विभागले छड्के अनुगमन गरिरहेको छ ।

अहिले बजारमा सामान्यतया ५ रुपैयाँमा पाइने मास्क ५० रुपैयाँसम्ममा विक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्