Logo

भगवान श्री गणेशको दर्शन गरी हेर्नुहोस आज बि.स. २०७६ फाल्गुन २७ गतेको राशिफल !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर परिवारमा नयाँ मानिसको आगमान हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाईनेछ । व्यापार व्यावसायमा लगानि गर्दा प्रशस्त आम्दानि हुँनेहुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपुर्ण कामहरु सम्पादन हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ ।उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पतिहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम तथा आट गर्न नसक्दा विभिन्न अवसरहरु गुम्नेछन् । पढाइ लेखाइमा अरुभन्दा कमजोर भइने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहेकोले भेटघाट भन्दा पनि प्रबिधिको प्रयोग गरि कुराहरु गर्नु राम्रो हुनेछ ।दाजुभाइ तथा बन्धुबान्धबसँग सामान्य मनमुटाब सिर्जना हुने तथा विवाद बढ्नेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वि आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गीत संगीतमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।चारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा सरकारी कामकजमा ढिला शुस्तिको चपेटामा परिने योग रहेकोछ । जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि हुने भएपनि काम गर्नको लागि कसैको सहयोग पाइने छैन । आम्दानीको तुलनामा खर्च अधिक बढ्ने हुँदा आर्थिक व्यवस्थापन गर्न सहज हुने छैन ।व्यापारमा समय दिए अनुसार आम्दानी नहुने हुनाले दैनिक काम तथा थप लगानी गर्ने वातावरण बन्ने छैन । अध्ययन अध्यापनमा अल्छी गर्नाले नतिजा अरुतिर नै जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा धोका हुनेछ भने पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । विदेशि सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तीको लागि लामो दुरिको विदेश यात्रा हुनेछ ।आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जन हुनेछ । गैर न्ययिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाइको नाम आउनेछ ।आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुबाको धन परिचालन गरि लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारमा लगानी गर्नुभन्दा अगाडि आफन्त तथा अग्रजसँग राम्रोसँग सल्लाह गर्नुहोला समय मध्ययम रहेकोछ । सरकारी सेवामा बसेर सेवा प्रवाह गर्नेहरुले तपाईको काम समयमा नगरि दिँदा महत्वपुर्ण अवसरबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ख्याल गर्नुहोला । विद्यार्थीहरुले पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न बढी नै समय खर्चनु पर्नेछ । माया प्रेममा चिसोपनको विकास हुने योग रहेकोछ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवनसाथीसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरु मनमानसमा लैजान सकिनेछ । कल्याणकारी तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठूला कामहरु बन्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा दिदी बहिनिसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ ।व्याक्तिगत समस्या बढ्नेछ । काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरित लिंग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढि सफलता हात पार्न सकिनेछ ।तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने वाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारि व्यापार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा रमाइलो यात्राको तय हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरु थाति नै रहनेछन् । आफन्त तथा मावलि पक्षसँग विवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला ।हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेकोछ आज हुने कुनै पनि न्यायिक निर्णय तपाईको पक्षमा हुने छैनन् । रोग, ऋण तथा संकटको सामना गर्नु पर्दा मानसिक तनाब बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्