Logo

थाईल्याण्डले फेला पार्यो कोरोना भाइरसको औषधी ! सेयर गरौ

थाईल्याण्डका चिकित्सकले आफूहरुले बुहान कोरोना भाइरसबाट सं’क्रमित भएकी एक बिरामीलाई सफलतापूर्वक निको पारेको बताएका छन् । तिनले विभिन्न भाइरसको उपचारमा अहिले नै उपलब्ध औ’षधीलाई मिसाएर खान दिदाँ बि’रामीलाई सन्चो भएको जानकारी दिए ।

बैंककस्थित राजाभिथी अस्पतालका चिकित्सक डा.क्रियाङसक एतीपोर्नवानिचले अस्पतालमा उपचार गर्न चीनबाट आएकी एक ७१ वर्षे महिला भाइरसमुक्त भएको जानकारी दिए । डा.क्रियाङसकका अनुसार ती बिरामी महिलालाई ए’चआईभीको उपचारमा प्रयोग हुने औ’षधी र फ्लू हुदाँ खाइने औ’षधिको मिश्रण दिइएको थियो ।

‘म अत्यन्त जटिल अवस्थामा रहेकी बि’रामीको उपचारमा संलग्न थिएँ र परिणाम सकारात्मक आएको छ । ४८ घण्टाभित्रै बि’रामीको स्वास्थ्य अवस्थामा तिव्र सुधार भएको छ र प’रीक्षणको परिणाम पनि ४८ घण्टाभित्र पोजिटिभबाट ने’गेटिभमा फेरिएको छ ,’ डा. क्रियाङसकले भने । अस्पताल प्रशासनले यो खबर सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन नै आयोजना ग¥यो ।

पत्रकार सम्मेलनमा अस्पतालका अधिकारीले निको भएको बि’रामीको स्वास प्रणालीमा अहिले कुनै भाइरस नदेखिएको बताए । उता, बेइजिङका अस्पतालहरुले केही बि’रामीलाई एचआईभी उपचारमा प्रयोग हुने औ’षधी दिएर निगरानी गरिरहेको थिए । तर यसले प’रिणाम बाहिर आएको छैन ।

प्रतिक्रिया दिनुहोस्