Logo

कोरोनाका कारण भारतमा चौथो व्यक्तिको मृत्यु !

कोराना भाइरसको संक्रमणका कारण भारतमा थप एक जनाको मृत्यु भएको छ। सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो। योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन्। ती व्यक्ति यही मार्च ७ मा इटाली र जर्मनीको भ्रमण गरेर भारत आएको पाइएको छ।

भारतमा कोरोना भाइरसका कारण बिहीबार बेलुकासम्म १७७ जना संक्रमित भएका छन्। तीमध्ये १४८ जना भारतीय नागरिक रहेका छन् भने २५ जना विदेशी रहेका छन्। स्वास्थ्य अधिकारीका अनुसार संक्रमित भएकामध्ये २० जना भने सफल उपचारपछि घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्