Logo

पशुपतिनाथ मन्दिरको आरती बन्द सरकारको निर्देशन !

कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा मलामी संख्या पनि निर्धारण गरिएको हो।

‘मलामीको संख्या २५ भन्दा बढी नल्याउन निर्देशन जारी गरिसकेका छौं,’ उनले भने, ‘ पहिलै बुक भइसकेका धेरै मानिस जम्मा हुने ठूला पूजाआजा कर्मकाण्डहरूसमेत स्थगन गर्न सम्बन्धित पक्षलाई सूचना पठाइसकेका छौं।’ पशुपति आर्यघाटको पारीपट्टि हुने आरतीसमेत बन्द गर्न भनेको उनले बताए। पशुपतिमा हरेक साँझ आरती हुने गर्छ। जहाँ सयौं मानिस आरती सुन्न आउँछन्।

पशुपतिमा हुने पूजाआजा र नगरी नहुने आरती भने नरोकिने उनले बताए। यी निर्देशन पालना गराउन कोषले कोषाध्याक्ष मिलन कुमार थापाको अध्यक्षतामा अनुगमन समिति पनि गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्