Logo

नेपाली छोरा दिवेश पोखरेल दिवेश पोखरेल फेरी तहल्का पिटे ! तीनैजना जजले भने – ‘वान्स मोर…’

विश्वकै ठूलोमध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली युवा दिवेश पोखरेल हलिउडमा गुञ्जिएका छन् । स्टेज नाम अर्थर गनबाट चिनिने दिवेशले आफ्नो प्रस्तुती दिएसँगै जजहरुले उनीबाट अझै धेरै मागेका थिए ।

सुरुमा जज केटी पेरीले ‘मोर…’ भन्दै चिच्याइन । जब केटी पेरी उठेर ‘मोर…’ भनिन् त्यसपछि तीनैजना जज उठेर ‘मोर…’ भन्न थाले । दिवेशले पनि जजहरुको चाहना बमोजिम फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।

दिवेशको प्रस्तुती सुरु हुने बेला दर्शकहरु पनि निकै उत्साहित देखिन्थे । उनले अभिवादनस्वरुप नमस्ते भन्नासाथ दर्शकले चिच्याएर नमस्तेको जवाफ दिएका थिए । जज ल्युक ब्रायनले त दिवेशसँगै गए । जजहरुको चाहनाबमोजिम उनले दोस्रो प्रस्तुती दिँदा तीनैजना जज उनको सम्मानमा उठेका थिए ।

दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्