Logo

आजदेखि संकटा, महांकाल, तेबहाल भद्रकाली र बटु भद्रकाली मन्दिरमा दर्शनार्थीलाई पूजाआजामा रोक !

काठमाडौं महानगरपालिकाले विभिन्न मन्दिरमा भक्तजनहरुलाई प्रवेश निषेध गरेको छ ।काठमाडौं महानगरको वडा नम्बर २२ ले संकटा मन्दिर, महांकाल मन्दिर, तेबहाल भद्रकाली मन्दिर, र बटु भद्रकाली मन्दिरहरुको भक्तजनलाई प्रवेश निषेध गरिएको हो ।

 

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि यसको रोकथाम ब्यबस्थापनको लागि वडा कार्यालयले सूचना जारी गर्दै चैत ७ गते शुक्रबारदेखि लागू हुने गरी नित्यपूजाबाहेक भक्तजनलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्