Logo

इटाली, अमेरिका र जर्मनीमा नयाँ संक्रमित सबैभन्दा धेरै

पछिल्लो विश्व विवरण अनुसार कोरोना भाइरस संक्रमितको संख्या इटाली, अमेरिका र जर्मनीमा धेरै देखिएको छ।

अन्य मुलुकको तुलनामा यी तीन मुलुकमा नयाँ संक्रमितहरू भेटिने क्रम बढेको छ।

विवरण अनुसार इटालीमा झण्डै ६ हजार नयाँ संक्रमित देखिएका छन् भने अमेरिकामा ५ हजार र जर्मनीमा ४५ सय बढी संक्रमित भेटिएका छन्।

इटालीमा हालसम्म कुल ४७ हजार २१ जनालाई संक्रमण भएको छ भने ४ हजार ३२ जनाको मृत्यु भएको छ।

जर्मनीमा १९ हजार ८ सय ५८ जनामा संक्रमण भेटिएको छ भने ६८ जनाको ज्यान गएको छ भने अमेरिकामा २६४ जनाको मृत्यु भएको छ भने १९ हजार ६ सय ४० जनामा यसको संक्रमण पुष्टि भएको छ।

यस्तै संक्रमणबाट प्रभावित स्पेनमा २१ हजार ५ सय २१ जना संक्रमण पुष्टि भएको छ १ हजार ९३ जनाको ज्यान गइसकेको छ।

मध्यपूर्वमा सर्वाधिक संक्रमण पुष्टि भएको इरानमा १९ हजार ६ सय ६४ संक्रमित छन् भने १४ सय ३३ जनाको ज्यान गइसकेको छ।

हालसम्म विश्वभर २ लाख ७५ हजार ९ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ हजार ४ सय २ जनाले ज्यान गुमाइसकेका छन्।

ती मध्ये १ लाख ७२ हजार ६ सय ४३ जनामा संक्रमण यथावत छ जसमा ७ हजार ९ सय ११ जनाको अवस्था गम्भीर छ।

यसैगरी १ लाख ३ हजार ३ सय ५४ वटा संक्रमित केसहरू बन्द भएका छन् जसमा ९१ हजार ९ सय ५२ जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् भने ११ हजार ४ सय २ जनाको मृत्यु भएको छ।

यस्तै कोरोना भाइरसबाट सर्वाधिक प्रभावित बनेको चीनमा पछिल्लो समय नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ। पछिल्लो विवरण अनुसार ४१ वटा नयाँ संक्रमण पुष्टि भएको छ बने ७ जनाको यसबाट ज्यान गएको छ।

चीनमा हालसम्म ८१ हजार ८ जनामा यसको संक्रमण पुष्टि भएको छ भने कुल ३२ सय ५५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्