Logo

ऋणबाट छुटकारा पाउन यी वृक्षको साहारा लिनुहोस् !

ऋणमा डुबेका मानिसहरु ऋणबाट मुक्त हुन चाहेकै हुन्छन् । धेरैले आफुलाई आर्थिक समस्या पर्दा ऋण लिने गर्छन् । तर उक्त ऋण समयमा फिर्ता गर्न गाह्रो परिरहेको हुन्छ । ऋण तिर्ने समयमा विभिन्न समस्याले गर्दा तिर्न मुस्कील पर्ने गर्छ । ज्योतिष शास्त्र अनुसार उचित बार र नक्षत्रमा ऋण लिएको छैन भने त्यो ऋण तिर्न निकै कठिन हुने गर्छ । त्यसैले ऋण लिदा उचित बार पारेमा राम्रो हुन्छ । धेरै मानिसहरु ऋणमा डुबेकै हुन्छन् । पैसा हुँदा पनि मानिसहरु ऋण तिर्न असमर्थ छन् । यदि तपाईलाई पनि यस्तो समस्या छ भने केहि वृक्षको साहाराले ऋणबाट मुक्ति हुन सकिन्छ ।

वरको पातमा पीठोको बत्ती जलाएर मंगलबार वरको रूखमुनि राखेमा ऋणबाट छुटकारा पाउन सकिन्छ । त्यस्तै नियमित ७ शनिबार कुवाको पानी पीपलको रूखमा ल्याएर चढाउँनुहोस् । शनिवारकै दिन पिपलको रुखमुनी दियो बाल्नुहोस् ।

नरिवलको रूख हिन्दू धर्ममा कुनै पनि पुजा गर्दा नरिवल प्रयोग गर्ने गरिन्छ । पुजामा कलशमाथि नरिवल राख्ने गरिन्छ । एउटा नरिवलमा चमेलीको तेलमा सिन्दूरको साथ स्वस्तिक प्रतीक बनाएर हनुमानजीको मन्दिरमा गएर चढाएमा धेरै लाभ हुन्छ ।

व्यवसायमा लगातार घाटा भइरहेको छ भने नरिवलमा पहेंलो कपडामा लपेटि विष्णु मन्दिरमा चढाएमा राम्रो हुन्छ । ऋणबाट मुक्ति र समृद्धिको लागि केराको रूखको पुजा गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्