Logo

पशुपतिमा हुने आरतीमा आउने भक्तजनलाई सहभागी नहुन आग्रह

पशुपति विकास कोषको निर्णय पछि पशुपतिमा हुने विशेष पूजा स्थगित गरिए पनि साँझको समयमा गरिने आरती भने यथावत राखिएको छ । शनिबार दिउसोबाट विशेष पूजामा रोक लगाइएको हो । आरती भए पनि आरतीमा आउने भक्तजनलाई नआउन आग्रह गरिएको छ । आरती समूहले सरकारले गरेको निर्णयलाई परिपालन गरिदिनहुन अनुरोध गरेको हो ।

शनिबारको आरतीमा प्रयोग भएको साउण्ड सिस्टमबाट उद्घोष गर्दै औपचारिकताका लागि मात्र आरती हुने भएकाले आइतबारदेखिको आरतीमा सिस्टम प्रयोग नहुने र भक्तजन पनि केही दिनसम्म आरतीमा उपस्थित नभइदिन आग्रह गरिएको हो ।

यसअघि, सरकारले कोरोनाको संक्रमणबाट जोगिन सामाजिक, सास्कृतिक स्थानहरुमा २५ जना भन्दा बढी जम्मा नहुन आग्रह गरेको थियो । सरकारले आग्रह गरेपनि पशुपतिको आरतीमा जाने भक्तजनहरु भने रोकिएका छैनन् ।

पशुपतिबाट डिसी सहकर्मी कमल साउदका अनुसार शनिबारको आरतीमा करिव १ सय भन्दा बढी भक्तजनहरु उपस्थित भएका छन् । भक्तजनहरु नरोकिए पछि आरती समूहले नआउनलाई साउण्ड सिस्टमबाट नै उद्घोष गर्नु परेको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा भने अहिलेसम्म देखिएको छैन् । यद्यपी सरकारले कोरोनाको संक्रमण नेपालमा प्रवेश नै गर्न नदिने सरकारको नीति लिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक काम बाहेक कसैलाई पनि भिडभाडमा नजान आग्रह गरेका थिए ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

प्रतिक्रिया दिनुहोस्