Logo

कोरोनाविरुद्ध खटिएका २२ हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित !

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसविरुद्ध खटिएका २२ हजारबढी स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको बताएको छ ।डब्ल्यूएचओले शनिबार सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार यही अप्रिल ८ सम्ममा विश्वका ५२ मुलुकमा कार्यरत २२ हजार ७३ जना स्वास्थ्यकर्मी कोरोना भाइरसद्वारा संक्रमित देखिएका छन् ।

कोरोनाविरुद्धको मोर्चामा खटिँदा कैयौँ स्वास्थ्यकर्मीको ज्यानै समेत गएको छ । चीन, बेलायत, इटलीलगायत देशमा डाक्टर, स्वास्थ्यकर्मीले समेत ज्यान गुमाएका छन् । यद्यपि डब्ल्यूएचले सबै मुलुकबाट यथार्थ डाटा आउन नसकेको जनाएको छ । सबै यकीन जानकारी आएमा यो तथ्यमा थप वृद्धि हुनेछ ।साथै डब्लुएचओले विश्वभरका स्वास्थ्यकर्मीले कोरोना भाइरसको नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निभाइरहेको जनाउँदै यस जोखिमपूर्ण काममा खट्नुपूर्व पूर्ण रुपले सुरक्षित उपकरणको प्रयोग गर्नु अनिवार्य रहेको समेत सुझाएको छ । न्युज 24

प्रतिक्रिया दिनुहोस्