Logo

साउन १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल !

मेष
तपाईका लागि यो साता मध्यम खालको छ । साताको शुरु र अन्तिमका दिन निकै शुभ रहलान् । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्ने छ ।

 

 

बृष
यो साता तपाईको सखुद रहनेछ । पराक्रमसँग जोश जाँगर बढ्नेछ । लगानीको प्रतिफल प्राप्त हुनेछ । विरोधीहरु कमजोर सावित हुनेछन् ।

मिथुन
यो साताको शुरुका चार दिन तपाईका लागि मध्यम रहनेछन् । चार दिनको अवधिमा तपाइले राम्रै उपलब्धि हात पार्नु हुनेछ ।

कर्कट
साताको शुरु र अन्तको तपाइका लागि मध्यम देखिन्छ । सोमबार स्वास्थ्यमा गडबडी देखिएला । शुरु गरेका कामहरु सम्पादन गर्न समय लाग्नेछ।

सिंह
समाजसेवा तथा राजनितिमा बढी रुचि जाग्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आयका स्रोतहरु बढ्ने देखिन्छ ।

कन्या
साताको शुरुदेखि बुधबारसम्म तपाईको राम्रो छ । आँटेका काममा सफलता मिल्नेछ । बोलिमा प्रभाव रहला।

तुला
साताको शुरु र अन्त तपाईका लागि राम्रो देखिदैन । अरु दिन भने तपाईका लागि मध्ययम रहने छन्। आफन्तबाट सहयोग मिल्नेछ।

बृश्चिक
यो साता तपाईका लागि मध्यम रहने छ । सवैभन्दा उत्तम दिन विहीबार हुनेछ भने सवैभन्दा नराम्रो दिन शनिबार छ ।

धनु
यो साता तपाईका लागि त्यति राम्रो देखिँदैन । ईष्टमित्र तथा आफन्तकै विश्वास गुमाउने खतरा छ ।

 

मकर
साताको पहिलो दिन तपाईको शुभ देखिन्छ । अध्ययनमा सुधार आउँला । पारिवारिक साथ र सहयोग मिल्नेछ ।

कुम्भ
यो साता तपाईका लागि औसत रहनेछ । पहिलो दुई दिन राम्रो छ भने त्यसपछिका दुई दिन मंगल र बुधबार राम्रो देखिदैन ।

मीन
तपाईको यो साताको पहिलो तीन दिन तुलनात्मक रुपमा राम्रो नदेखिए पनि त्यसपछिका चार दिन भने उत्तम रहनेछन् ।
भिडियोमा हेर्नुहोस् पूरा साप्ताहिक राशिफल

प्रतिक्रिया दिनुहोस्