साबधान ! शनिबारको दिन यि काम कहिल्यै नगर्नुहोस् !
शनिवारको दिन शनिदेवको विशेष दिन हो । शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिबार शनिदेबको दिन भएकाले आज शनिदेवका विरोधी काम गर्न रामे मानिदैन् । आज शनिदेबलाई प्रसन्न गर्ने काम गनूपर्छ । जस्त ैशनिलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।ज्योतिषीय मान्यता अनुसार जसकोे कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ ।
शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न राम्रो मानिदैन् त्यस्तै आज आपँको अचार खानु राम्रो मानिदेन ् किनकी काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् । शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।त्यस्त शनिबार रक्सी पिउनु पनि हुँदैन् ।काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।