Logo

एसईईमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थी पनि पास हुने

राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो ।

विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा गरिएको थियो ।

तर, कोभिड १९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू गर्दा धेरै जना विद्यार्थी फेल हुने अवस्था देखिएपछि मंगलबार बसेको बोर्ड बैठकले ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्