Logo

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं चर्चित गीतकार डा. भोला रिजालको पुस्तक “सेतो कोट” सार्वजनिक

काठमाडौँ – वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं चर्चित गीतकार डा. भोला रिजालको पुस्तक “सेतो कोट” सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, अभिनेता निखिल उप्रेती, डा. रिजाल लगायतले पुस्तक सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मन्त्री बस्नेतले डा. भोला रिजालको पुस्तक ‘सेतो कोट’ डाक्टर अध्ययन गर्न खोज्नेका लागि उपयोगी हुने बताए । कार्यक्रममा डा. रिजालले लामो समय चिकित्सकको रूपमा आफूले हासिल गरेको अनुभव उपयोगी तरिकाले पुस्तकमा समेटेको जानकारी दिए ।

“सेतो कोट”लाई चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने एउटा सरल, तर गहन पुस्तकको रूपमा प्रस्तुत गरिएको छ । पुस्तकमा चिकित्सा पेसा, चिकित्सा शिक्षा र चिकित्सा आचारसंहिताको समेत विवेचना गरिएको छ । कुनै व्यक्तिले पढेर डिग्री हासिल गर्दैमा मात्र ऊ योग्य चिकित्सक हुने हो वा त्यसका लागि उसमा अतिरिक्त गुणहरू पनि हुनुपर्छ भन्नेबारे समेत पुस्तकमा चर्चा छ ।

पुस्तकमा मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई औँल्याउनुका साथै मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा समेत जोड दिइएको छ ।
पुस्तकमा चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामी प्रति गर्ने व्यवहार, उपचारको सही तरिका र चिकित्सकको दायरा समेत समेटिएको छ । लामो समय चिकित्सा पेसामा बिताएका डा. रिजालले चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामीहरूप्रति गर्ने व्यवहार, उपचारको सही तरिका र चिकित्सकको दायराबारे पुस्तकमा विवेचना गरेका छन्। डा. रिलिज वरिष्ठ गीतकार तथा फिल्मकर्मी हुन् । उनले केही फिल्म निर्माण र अभिनय समेत गरेका छन् । उनको एउटा मात्र भनाई छ ऊ योग्य चिकित्सक हुने हो वा त्यसका लागि उसमा अतिरिक्त गुणहरू पनि हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्