Logo

प्रदीप भट्टराई निर्देशित नेपाली चलचित्र महाजात्रा आजदेखि प्रदर्शनमा, विश्वका ४० देशका २ सय ५० वटा सहरमा प्रदर्शन

काठमाण्डाै – प्रदीप भट्टराई निर्देशित नेपाली चलचित्र महाजात्रा आजदेखि प्रदर्शनमा आएको छ । गत मंगलबार चलचित्र “महाजात्रा” कलाकार र पत्रकारलाई देखाइएको थियो । चलचित्र हेरिसकेपछि कलाकार र पत्रकारहरुले खुलेरै आफ्नो फेसबुकमा लेखेका थिए । अहिले नेपालको हलमा मात्र होइन् विदेशका हलमा पनि हाउस फुल भएको छ । याे चलचित्र नेपालसहित विश्वका ४० देशका २ सय ५० वटा सहरमा प्रदर्शनमा आएको निर्माण पक्षले जनाएको छ ।

प्रदीप भट्टराईकै लेखन रहेको यस चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दिव्य देव, शिशिर बाङ्देल लगायतको अभिनय रहेको छ । रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल रहेका छन् ।’जात्रा’ र ‘जात्रै जात्रा’ चलचित्रकाे व्यावसायिक र समीक्षात्मक सफलतापछि’महाजात्रा’ तेस्राे शृङ्खलाका रूपमा आएकाे हो । यसले पनि व्यावसायिक रुपमा सफल हुनेमा निर्माण पक्ष ढुक्क छन्।

प्रतिक्रिया दिनुहोस्