Logo

रविको घोषणा भयो कार्यान्वयन, मापसेमा परेका बने स्वयमंसेवक ट्राफिक प्रहरी

काठमाडौं– काठमाडौंका विभिन्न स्थानबाट मापसे गरेर सवारि चलाउँदा समातिएका चालकहरुलाई स्वयमंसेवक ट्राफिक प्रहरीको रुपमा खटाउन थालिएको छ ।

आजदेखि सिंहदरबार सडकआसपास क्षेत्रमा मापसे गरेर ट्राफिक नियम उलङ्घन गरेका चालकहरु स्वयंसेवक ट्राफिक प्रहरीको रुपमा खटिएका छन्।

गृहमन्त्री रवि लामिछानले गणतन्त्र दिवसको अवसरमा मंगलबार महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाउने निणर्य गरेका थिए । महिनावारीको समयका महिला ट्राफिक प्रहरीको सट्टामा मापसेका कारण कारबाहिमा परेका चालकहरुलाई खटाउने उनले घोषणा गरेका थिए ।

गृहमन्त्रि लामिछानेले घोषणा गरेको दोस्रो दिनमै स्वयमंसेवक ट्राफिक प्रहरीको रुपमा खटाउन थालिएको हो । स्वयमंसेवक ट्राफिकले एक घण्टाभन्दा बढी सडकमा खटिएका छन् । बग्गीखानामा ट्राफिक नियमको कक्षा लिएपछि उनीहरुलाई स्वमंसेवक ट्राफिक प्रहरीको रुपमा खटाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्