Logo

गर्मी बढेपछि हेटौँडाका विद्यालय दुई दिनको लागि बन्द

मकवानपुर— अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिकाले विद्यालयलाई बिदा दिएको छ । सार्वजनिक तथा निजी विद्यालयलाई उपमहानगरले दुई दिनको लागि बिदा दिएको हो ।

गर्मीले जनजीवन प्रभावित भएपछि हेटौंडा उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले जनाएको छ ।

‘अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी परेको तथा पठनपाठनमा असहजता भएकाले केही समय विद्यालय बन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकबाट अनुरोध आएकाले वर्षे बिदाबाट कट्टी हुनेगरी विद्यालय बन्द रहने व्यहोरा अनुरोध छ’, सूचनामा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्