Logo

‘द ब्लफ’ को छायांकनको क्रममा प्रियंका चोपडा घाइते

 

हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी हुन् । उनी हलिउड फिल्म ‘द ब्लफ’ को छायांकनको क्रममा घाइते भएकी छिन् । उनको घाँटीमा सामान्य चोट लागेको छ।

प्रियंका आफैले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै चोट लागेको जानकारी दिएकी छिन् । ‘यो मेरो कामको एक ठूलो जोखिम,’ भनेर उनले लेखेकी छन्। उक्त तस्बिरमा उनको घाँटीमा चोट देखियको छ । प्रियंका हलिउड फिल्म ‘हेड्स अफ स्टेट’ को प्रदर्शनको पर्खाइमा बसेकी छिन्। यस फिल्ममा उनीसँगै जोन सीना र इद्रिश इल्बा जस्ता कलाकारको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्