Logo

दक्षिण कोरियाको ह्वासेयोङस्थित लिथियम कम्पनीको ब्याट्री प्लान्टमा आगलागी, २० जनाको मृत्यु

 

एजेन्सी – दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको छ । सो आगलागीमा परी २० जानको मृत्यु भएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले जानकारी दिएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी सुरु भएको हो । घटनास्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने आगलागीमा परी दर्जनौँ अन्य कामदार हताहत भएको अनुमान गरिएको हो ।

यसअघि सुरक्षाकर्मीले दिएको प्रारम्भिक जानकारीमा घटनामा कम्तीमा एक कामदारको मृत्यु भएको, तीन जना घाइते भएका र अन्य २१ जना बेपत्ता भएका जानकारी दिएका थिए । टिभी फुटेजमा जलिरहेको प्लान्टमा तारहरू जलिरहेको चरचर आवाजसँगै स–साना विस्फोट भइरहेको देखिएका छौँ । करिब दुई हजार ३०० वर्गमिटर क्षेत्रफलमा फैलिएको तीनतले कङ्क्रिट भवनमा कसरी आगलागी भएको थियो भन्नेबारे आधिकारिक जानकारी प्राप्त भने हुनसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्