उषाको फिल्म डेब्यू पक्का



मोडल उषा उप्रेती अब फिल्मको पर्दामा पनि देखिने भएकी छिन् । उनले, डेब्यू गर्न लागेको फिल्म नाम ‘आचार्य’ हो । निर्माण टिमसँग उषाले कागजी संझौता गरिसकेकी छिन् ।

उनले, नायक निखिल उप्रेतीले निर्देशन गर्न लागेको फिल्मबाट डेब्यू गर्न लागेकी हुन् ।

उषाले सामाजिक संजालमा तस्वीर शेयर गर्दै करिअरको नयाँ सुरुवात हुन लागेको उल्लेख गरेकी छिन् ।

यो फिल्ममा दुई नायिका हुने वुझिएको छ । एक जना उषा भएपनि अर्की नायिका को भन्ने खुलेको छैन । उषाको भूमिकाको बारेमा पनि केही खुलाइएको छैन ।

निखिलले यो आफ्नो ड्रिम प्रोजेक्टको रुपमा हेरेका छन् । यसैले, उषाको भूमिका पनि यो फिल्ममा साहसिक हुने अनुमान गर्न सकिन्छ ।

उषा टिकटकबाट उदाएकी हुन् । यसपछि, उनले थुप्रै म्युजिक भिडियोमा काम गरिन् । फिल्ममा काम गर्नका लागि भने उनले लामै समय पर्खिनुपर्यो । अब, भने उषाले ठूलो पर्दामा आफ्नो भाग्य चम्काउने अवसर आएको छ ।