प्रदर्शन मिति तय नभएको फिल्म ‘एक्लो’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायिका दीया पुनलाई प्रस्तुत गरिएको छ । दीयालाई फिल्ममा ‘एन्ट्रोनट’को भूमिकामा देखिन लागेकी छिन् । दियाको भूमिकाले दर्शकमा उत्सुकता पैदा गर्ने देखिन्छ ।
आमाको मुख हेर्ने दिनको अवसर पारेर सगरमाथा आरोहण गरिसेककी दियालाई समर्पित गर्दै आज उनको लुक्स सार्वजनिक गरिएको निर्माणपक्षले बताएको छ ।
यो फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, कृष्णभक्त महर्जन, विकास अधिकारी लगायतका कलाकारहरुको अभिनय छ ।
राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुनको लगानी रहेको फिल्ममा विनोद सुवेदी ‘क्षितिज’ हुन् । वावु श्रेष्ठको छायांकन रहेको यो फिल्ममा राजु तामाङको एक्सन, राजु पेन्टरको सेट डिजाइन, सन्तोष लामाको कला निर्देशन छ ।
फिल्म ‘एक्लो’ले नेपाली फिल्मलाई नयाँ उचाइमा लैजाने विश्वास निर्माणपक्षको छ ।
प्रतिक्रिया