फिल्म ‘ऊनको स्विटर’ले आफ्नो प्रचारप्रसारलाई तिव्रता दिएको छ । यसैबिच, पोखरामा शुक्रबार फिल्मको टिमले दर्शकहरुसँग सांगीतिक कार्यक्रम प्रस्तुत गर्यो । ‘ऊनको स्विटर साँझ पोखरा विथ सुजन चापागाँई’ शीर्षकमा भव्य कार्यक्रम सम्पन्न भयो ।
फेवा किनारको हल्लनचोकमा आयोजित सो कार्यक्रममा चर्चित गायक तथा फिल्मका निर्देशक सुजन चापागाँइले हजारौं दर्शकवीच आफ्नो प्रस्तुति दिए । उनले ‘मखमली, काफ्ले, फूल’ लगायतका लोकप्रिय गीत गाएका थिए ।
कार्यक्रममा नायक विपिन कार्की, नायिका परिक्षा लिम्बु, नव–कलाकार एलेक्स पारस, कलाकार माओत्से गुरुङ, निर्देशक नवीन चौहान, कार्यकारी निर्माता मिलन खत्री, वितरक पुष्कर घिमिरे लगायतको उपस्थिती थियो । कार्यक्रममा नायक विपिन कार्कीले ऊनको स्विटर मौलिक बनेको बताउँदै हलसम्म पुगेर हेर्न अनुरोध गरे ।
वैशाख २६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मका निर्देशक नविन चौहानले आर्टमान्डुका गीतहरुले जस्तै फिल्मले पनि दर्शकलाई सन्तुष्ट दिने विश्वास व्यक्त गरे ।
नायिका परिक्षा लिम्बुले दर्शकमाझ देखिएको उत्साहबाट आफू उत्साहित भएको बताइन् । कार्यक्रममा फिल्मका मुख्य दुई कलाकार एलेक्स र परीक्षाले ‘काफ्ले’ गीतमा रमाइलो नृत्य प्रस्तुत गरे । यो टिमले वैशाख १८ गते धरानमा पनि सांगीतिक कार्यक्रम आयोजना गर्दैछ ।
यो फिल्ममा विल्सन विक्रम राई, एलेक्स पारस, परिक्षा लिम्बु, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगर लगायतका कलाकारहरुको अभिनय छ ।
प्रतिक्रिया