गायक सुशान्त केसीको लोकप्रिय गीत ‘बार्दली’ अब हिन्दी भाषामा रिलिज भएको छ । भारतको लोकप्रिय म्युजिक कम्पनी टि सिरिजले यो गीतलाई सार्वजनिक गरेको हो ।
२० करोड ९२ लाख सब्सक्राइबर रहेको च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । सुशान्त केसीको यो गीतलाई सार्वजनिक भएको केही घन्टामै ३ लाख बढीले हेरिसकेका छन् ।
सार्वजनिक गीतमा सुशान्त र नायिका स्वस्तिमा खड्काको अभिनय छ । नेपाली भर्सनमा यो गीतको भिडियोमा अरु केही कलाकारहरुले पनि अभिनय गरेका थिए । तर, टि सिरिजबाट सार्वजनिक गीतको भिडियोमा भने स्वस्तिमा र सुशान्तलाई मात्र स्थान दिइएको छ ।
नयन राइको छायांकन तथा निर्देशनमा तयार भएको यो गीत हिन्दी भर्सनमा टि सिरिजबाट सार्वजनिक हुनु सुशान्त र सांगीतिक क्षेत्रका लागि ठूलो उपलब्धि हो ।
प्रतिक्रिया