काठमाडौं । भारत र पाकिस्तानबीच तीन दिनेदेखि तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानसँगको तनावमा भारतले आफ्नै देशको मिडियामा अवरोध गरेको छ । उसले प्रसिद्ध ‘द वायर’ को अनलाइन संस्करणमा अवरोध गरेको हो ।
‘द वायर’ भारतको सबैभन्दा महत्वपूर्ण मिडिया संस्था हो, उसले नरेन्द्र मोदी सरकारद्वारा गरिएको पेगासस जासुसीबारेको समाचार ब्रेक गरेको थियो। तर, पाकिस्तानसँगको तनावकै बिचमा भारतले ‘द वायर’ को एक्स अकाउन्ट बन्द गरिदिएको छ ।
भारत सरकारले आठ हजारभन्दा धेरै एक्सका अकाउन्टलाई बन्द गराउँदै गर्दा केही महत्वपूर्ण समाचार संस्थाका अकाउन्ट पनि बन्द गराएको छ। एक्सले भने आफूहरुले अकाउन्ट बन्द गर्न नचाहँदा नचाहँदे पनि बन्द गर्नुपरेकोमा यसलाई भारत सरकारद्धारा लगाईएको सेन्सरशिप भनेको छ ।
भारत सरकारले आफ्नो अनलाइन संस्करणमा अवरोध गरेपछि वायरले भनेको छ–
प्रेस स्वतन्त्रताको संवैधानिक ग्यारेन्टीको स्पष्ट उल्लङ्घन गर्दै, भारत सरकारले भारतभरि द वायरमा पहुँच रोकेको छ। इन्टरनेट सेवा प्रदायकहरूले धेरै कुराहरू भनिरहेका छन्। हामीले यो सूचना तथा प्रसारण मन्त्रालयको आदेशअनुसार भएको थाहा पाएका छौं। हामी भारतका लागि यो निर्णायक समयमा यो स्पष्ट सेन्सरशिपको विरोध गर्छौं, जब समझदार, सत्यवादी, निष्पक्ष र तर्कसंगत आवाजहरू र समाचार र सूचनाका स्रोतहरू भारतको सबैभन्दा ठूलो सम्पत्ति हुन्। हामी यो मनमानी र अकल्पनीय कदमलाई चुनौती दिन सबै आवश्यक कदम चालिरहेका छौं। तपाईंको समर्थनले विगत १० वर्षदेखि हाम्रो कामलाई निरन्तरता दिएको छ र हामी यस समयमा हामी सबै एकसाथ उभिने आशा गरिरहेका छौं। हामी हाम्रा सबै पाठकहरूलाई सत्य र सही समाचार प्रदान गर्नबाट विचलित हुनेछैनौं।
प्रतिक्रिया