काठमाडौं । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयहरू असार ९ गतेदेखि असार १२ गतेसम्म बन्द रहनेछन्। यो विदालाई पछि बर्खे वा हिउँदे बिदामा मिलाइने पनि जनाइएको छ।
लगातार बढ्दो तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समस्या देखिन सक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

















प्रतिक्रिया