निजामती कर्मचारी अस्पतालको विशेष ओपीडी सेवा


काठमाडौँ । निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा परिवारका लागि हरेक आइतबार बिहान ९ देखि दिउँसो १ बजेसम्म विशेष ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।

विशेष ओपीडीमा मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति, छाला, ईएनटी, रेडियोलोजी र प्याथोलोजीलगायत सेवा उपलब्ध हुनेछन्।

अस्पतालका अनुसार कर्मचारीलाई लाइन बस्नुपर्ने बाध्यता हटाई सहज र प्रभावकारी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ओपीडी सञ्चालन गर्न लागिएको हो। आगामी दिनमा थप विशेषज्ञ सेवा पनि विस्तार गरिनेछ।