काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बुधबार दिउँसो करिब ३ बजे केएमसी अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलले सिटी ब्याङ्केट नजिक पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ६५ वर्षीय पुरुषलाई उपचारका लागि केएमसी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा दिउँसो ३ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकलले सोही स्थानमा रोकिराखेको बा २१ च ५६७४ नम्बरको कारलाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा कारको अगाडिको भागमा क्षति पुगेको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक जुम्लाको हिमा गाउँपालिका–५ घर भई हाल सृजनानगर बस्दै आएका २० वर्षीय दिपेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया