झरीका बीच पशुपतिनाथमा सुरु भयो सोह्र श्राद्ध


काठमाडौं । आश्विन कृष्ण प्रतिपदाका दिन आइतबारदेखि सोह्र श्राद्ध सुरु भएको छ। सोह्र श्राद्धको पहिलो दिन पशुपतिनाथस्थित बागमती किनारमा झरीका बीच श्रद्धालुले दिवंगत पितृको सम्झनामा श्राद्ध गरेका छन्।

सोह्र श्राद्धका अवसरमा श्रद्धालुले बागमती किनारमा पितृलाई तर्पण, सिदादान तथा पिण्डदान गरी धार्मिक विधिअनुसार श्राद्ध गरेका हुन्।

हिन्दु धार्मिक परम्पराअनुसार आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्मका १६ तिथिमा दिवंगत आफन्तको सम्झनामा श्राद्ध गर्ने गरिन्छ। यस अवधिमा विभिन्न तिथिअनुसार पितृको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने परम्परा छ।

आइतबार बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको उपस्थिति देखिएको थियो। वर्षा भइरहे पनि श्रद्धालुले बागमती किनारमा पुगेर धार्मिक विधिअनुसार पितृप्रति श्रद्धा अर्पण गरेका थिए।

सोह्र श्राद्धका अवसरमा पशुपतिनाथलगायत देशका विभिन्न तीर्थस्थल तथा नदी किनारमा पितृको सम्झनामा श्राद्ध गर्ने श्रद्धालुको चहलपहल रहने गर्छ।

पशुपतिनाथमा सोह्र श्राद्धको पहिलो दिन
काठमाडौँ, ११ असोज (रासस) : पशुपतिनाथस्थित बागमती किनारमा सोह्र श्राद्धको पहिलो दिन प्रतिपदा तिथिको श्राद्ध गर्दै श्रद्धालु। आश्विन कृष्ण प्रतिपदादेखि सु