केसेलिया खोलामा रहस्यमय अवस्थामा पुरुषको श-व फेला


सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र राखिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

स्थानीयले आइतबार बिहान खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली पुगेको छ। प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार मृतक पुरुषको पहिचान खुल्न सकेको छैन। शव त्यहाँ कसरी पुग्यो र घटनाको कारण के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

एसपी मल्लले मृतकको पहिचान खुलेपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने बताएका छन्।