कोरोनाभाइरससँग लडिरहेका डाक्टर-नर्सले जब मास्क खोले…


चीन अहिले कोरोनाभाइरसको महामारीसँग जुधिरहेको छ। हुबेई प्रान्तको राजधानी वुहान सहरबाट सुरू भएको नोवेल कोरोनाभाइरसले चीनको सीमा नाघेर फिलिपिन्समा समेत एक जनाको ज्यान लिइसकेको छ। चीनबाहिर अफ्रिकाबाहेक सबै महादेशमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

आइतबारसम्म चीनमा मात्र ३ सय ४ जनाको मृत्यु भएको छ भने १४ हजार ३ सय ८० जना संक्रमित छन्, तीमध्ये ११ सय १८ जनाको अवस्था गम्भीर छ भने ४ सय ४४ जना जोखिमपूर्ण अवस्थामा छन्। चीनले कोरोनाभाइरससँग लडाइँमा आफ्नो सामर्थ्यले भ्याएसम्म गरिरहेको छ। गत सातामात्र वुहानमा दुई दिनभित्र हजार शैयाको अस्पताल निर्माण गरिएको थियो।